मुगुको छायाँनाथ रारा नगरपालिका–१२ सनाताखोलामा बुधबार बिहान पहिरो खस्दा बोलेरो जीप पुरिएको छ। गमगढीबाट सनातातर्फ गएर फर्कँदै गरेको जीप पहिरोमा परेको प्रहरीले जनाएको छ।
सूचना पाएपछि खटिएको प्रहरी टोली घटनास्थल पुग्दा जीपमा यात्रु थिएनन् र कसैलाई चोटपटक लागेको थिएन। पहिरोले गाडी पूर्ण रूपमा पुरेको र उद्धार तथा निकाल्ने प्रयास भइरहेको समाचारमा उल्लेख छ।
