बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। रसुवाका मुख्य राजमार्ग अझै पूर्ण बन्द छन् भने म्याग्दीको रघुगंगा–२ बैसरीमा बेनी–जोमसोम सडक खुलेको छैन।
मनाङको खाङ्सार–बेसीसहर सडक एकतर्फी सञ्चालनमा छ। नवलपरासी पूर्वको बौदीकाली–३ जाँतीमा पहिरोले कालीगण्डकी करिडोरमा एकतर्फी आवागमन मात्र सम्भव बनाएको छ; यात्राअघि सडक अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।
