भारी वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको बेनी–जोमसोम–कोरला सडकका विभिन्न खण्डमा मर्मत तथा पुनर्निर्माण तीव्र पारिएको छ। २०२ किलोमिटर लामो कालीगण्डकी करिडोरका ५५ स्थानमा सडक प्रभावित भएको थियो।
आयोजना प्रमुखका अनुसार रघुगंगा–२ को कुनौटा र अन्नपूर्ण–२ पोखरेबगरको पुल पहुँचमार्गबाहेक सबै ठाउँमा प्रारम्भिक मर्मत सकिएको छ। मालढुंगा–कुनौटा र कोरला–पोखरेबगर खण्डमा भारी सवारी चल्न थालेका छन्; केही स्थानमा पहिरो हटाएर वैकल्पिक मार्ग बनाइएको छ।
