बुधबार शेयर बजार मापक नेप्से परिसूचक ६.३८ अंक घटेर २,५७२ विन्दुमा बन्द भएको छ। बजार घटे पनि कारोबार रकम अघिल्लो दिनको ३ अर्ब १३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७४ करोड पुगेको छ।
समाचारअनुसार ९९ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घट्यो र १३ कम्पनी स्थिर रहे। बैंकिङ समूहबाहेक सबै क्षेत्रका सूचक घटे; बैंकिङ सूचक भने ०.०८ प्रतिशतले बढेको थियो।
