मलेसियाले नोभेम्बर ५ देखि नेपालबाट कामदार भर्ना गर्न नयाँ प्रणाली लागू गर्ने भएको छ। प्रणाली सञ्चालक Bestinet ले मलेसियाको मानव संसाधन मन्त्रालयको पत्रका आधारमा मिति तोकिएको जानकारी भर्ती एजेन्सी र स्वास्थ्य परीक्षण केन्द्रलाई दिएको छ।
समाचारअनुसार नयाँ व्यवस्थामा २५ Principal Recruitment Agency र तिनका २५० Associate Recruitment Agency गरी २७५ एजेन्सीको सञ्जालमार्फत प्रक्रिया सञ्चालन हुनेछ। नयाँ प्रणालीमा बायोमेडिकल दर्ता पनि मुख्य एजेन्सीमार्फत सुरु गरिनेछ।
