धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनाग्रस्त SUV बाट प्रहरीले ३४१ किलो गाँजा बरामद गरेको छ। धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको गाडी सडकबाट करिब १५ मिटर तल खसेको थियो।
दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरीले गाडीभित्रका बोरामा लुकाइएको गाँजा फेला पारेको र एक जनालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।
