काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई प्रहरीले पक्राउ गरेको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहनुभएकी राईलाई कपनस्थित घरबाट प्रहरीले शनिबार साँझ पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई पक्राउ गरेको हो । उहाँलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।
नेपाली कांग्रेसको समानुपातिक कोटाबाट निर्वाचित राई भोजपुरकी स्थायी बासिन्दा हुनुहुन्छ ।
