काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न प्रहरीले फेरि म्याद थपेको छ ।
मिश्रलाई अदालतले थप ७ दिनको म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतले उहाँमाथि अनुसन्धानका लागि आइतबार पाँचौँ पटक म्याद थपेको हो ।
गत चैत १५ गते भएको राजावादीहरूको हिंसात्मक आन्दोलनमा जिम्मेवार भएको भन्दै मिश्रसहितका नेतालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
