काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली गुण्डु पुगेपछि भक्तपुर जिल्लामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ।
प्रहरी परिचालनसँगै गुण्डु प्रवेश गर्ने सबै नाकामा कडा चेकजाँच सुरु गरिएको स्रोतले जनाएको छ। सवारीसाधन तथा आवतजावतमा निगरानी बढाइएको छ।
स्रोतका अनुसार केही व्यक्तिहरु (पत्रकार र एमाले कार्यकर्ता समेत ) राति करिब २ बजेतिर कठिनाइका बीच गुण्डु पुगेका थिए। अहिले भने सुरक्षा व्यवस्था अझै कडा पारिएको र आवतजावतमा थप नियन्त्रण गरिएको बताइएको छ।
