हरिवन । नेपाली कांग्रेस हरिवन नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विनोद अधिकारीलाई वडा सभापतिमा निर्वाचित गरेको छ ।
अधिवेशनबाट उपसभापतिमा महिला तर्फ सुनिता देवी र पुरुषतर्फ रुमबहादुर सुवेदी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सिंहलाल वाइवा र सहसचिवमा चण्डेश्वर ठाकुर चयन हुनुभएको छ ।
कोषाध्यक्षमा बोधमाया श्रेष्ठ निर्वाचित हुनुभएको छ । अधिवेशनले वडा कार्यसमिति सदस्यहरूमा राधाकृष्ण मैनाली, इन्दिरा कार्की, सुनिलकुमार साह, उमेश राय यादव, रामबाबु शाह कानु, रामजी भट्टराई, रामदरेश राय र चिन्तादेवी पासवानलाई निर्वाचित भएकाे जानकारी निर्वाचन अधिकृत टेक बहादुर श्रेष्ठले दिनुभयाे ।
नवनिर्वाचित वडा सभापति विनोद अधिकारीले आफ्नो नेतृत्वमा वडा नम्बर ७ मा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ र सक्रिय बनाउँदै पार्टीलाई नयाँ गति दिने बताउनुभएको छ । उहाँले पार्टीका नेता तथा कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राखेर संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
