काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले एमाले विरुद्धको भाष्यको आयु सकिएको बताउनुभएकाे छ ।
सामाजिक सञ्जालमा लेख्दै थापाले चालु केन्द्रीय कमिटी बैठकले त्यो भाष्यको आयु सकिएको सन्देश दिएको मात्र होइन पार्टी एक ढिक्का भएर गलत भाष्यको मलामी गएको उल्लेख गर्नुभएकाे छ ।
‘सबै चिजको आयु हुन्छ । एमाले विरुद्धको भाष्यको आयु पनि आयु थियो । त्यो पुरा भयो ।अहिले चलिरहेको केन्द्रीय कमिटी बैठकले गरेको सबैभन्दा ठुलो काम के हो भने एमाले विरुद्ध सिर्जना गरिएको भाष्यको आयु सकियो’ थापाले लेख्नुभएकाे छ ‘एमाले केन्द्रीय कमिटी एक ढिक्का भएर त्यो भाष्यको मलामी गइरहेको छ ।’ थापाले भ्रमको पर्दा च्यातिएपछि वास्तविक स्वरुप देखिने बताउनुभएकाे छ ।
उहाँले जारी केन्द्रीय कमिटी बैठकले एमालेका कम्तीमा आठवटा वास्तविकता उजागर गरेको उनले लेख्नुभएकाे छ । ‘सबैभन्दा संगठठित पार्टी एमाले हो,सबैभन्दा अनुशासित पार्टी एमाले हो,देशभक्त पार्टी एमाले हो ,सबैभन्दा विकास गरेको पार्टी एमाले हो’ थापाले लेख्नुभएकाे छ ‘जनताले धेरै माया गरेको पार्टी एमाले हो,सम्पूर्ण भूगोललाई जोड्ने पार्टी एमाले हो र राष्ट्रिय स्वाभिमानको रक्षक एमाले हो ।’
उहाँले चुनावी धक्काबाट एमाले जागृत भइसकेको र जस्तासुकै न्यारेटिभ र झुटलाई चिर्ने सामथ्र्य राख्ने दाबी गर्नुभएकाे छ ।
