काठमाडाैं । नेपालका बाढी-पहिराे प्रभावित जनतालाई चिनियाँ रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर सहयाेग गरेकाे छ ।
विपद्का घटनामा परेका नेपाली नागरिकको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले बुधबार नेपाल सरकारकाे विपद् राहत काेषमा १ लाख अमेरिकी डलर सहयोग गरेको हाे ।
नेपालका लागि चीनका राजदूत चेन सङले गृहमन्त्री रमेश लेखकमार्फत उक्त रकमकाे चेक नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्नुभयाे ।त्यसक्रममा उहाँले विपद्मा नेपाललाई चिनियाँ सरकारकाे साथ रहेकाे बताउनुभयाे । विपद् प्रभावितलाई थप सहयाेग गर्न चीन तयार रहेकाे राजदूत साेङले बताउनुभयाे ।
