काठमाडौं । बझाङमा पहिरोले पुरेर चार जनाको ज्यान गएको छ ।
गए राति बुङ्गल नगरपालिका–१० चुमेडामा एउटा धामी परिवारको घरमाथिबाट पहिरो खस्दा घरमा पुरिएर उनीहरूको ज्यान गएको हो ।
बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले पहिरोमा पुरिएर बेपत्ता चार जनाको शव अहिले बिहान निकालिएको जानकारी प्राप्त भएको बताउनुभयो । शव निकालिएकामा दुई जना महिला र दुई जना बच्चा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका पाँच जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको र आफू घटनास्थलमा जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।
