काठमाडौं । नेपालका लागि स्वीस राजदूत डा. ड्यानिएल म्युवली मन्टेलिओनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
उहाँले हिजो सोमवार सिंहदरबार पुगेर मन्त्री गुप्तासँग भेटवार्ता गर्नुभएको हो ।
दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने लगायत विषयमा भेटवार्ताका क्रममा कुरा भएको मन्त्रालयले जनाएको छ ।
