1. Home
  2. समाज
  3. कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमु

SUNRISE KHABARमंगलबार, २२ साउन, २०८१ १२:१९
३० असोज २०८३
1 min read
Photo (2)

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’

कार्यकारी निर्देशक घिसिङले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत महशुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब वक्यौता रकम असुलीको लागि चट्टानझैँ उभिएको स्मरण गर्दै मोर्चाले भनेको छ, ‘कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदालाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउन चाहन्छ ।’

साथै मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरुले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन आफूहरुको आन्दोलनमा ऐक्वेबद्धता जनाइदिनका लागि अपिल समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, २२ साउन, २०८१ १२:१९

शेयर गर्नुहोस्:

SUNRISE KHABAR logo

समाचारदाता

SUNRISE KHABAR

Trending Now

सत्य, सन्तुलन र समाजको पक्षमा

SUNRISE KHABAR

सनराइज खबरका निष्पक्ष समाचार र पछिल्ला ताजा खबरहरू

मुख्य समाचारदमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासत्य, सन्दर्भ र जनसरोकार
01 / 03
  • गृह
  • राजनीति
  • पर्यटन
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • भिडियाे
  • विचार
  • विश्व
  • समाज
  • सरकार
  • संसद्
  • सुरक्षा
  • अपराध
  • अर्थ
आजका समाचारताजा समाचार
ताजा समाचार
दमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचारराष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयककांग्रेसको नयाँ अवरोधमा लुकेको ‘प्राविधिक पक्ष’
नयाँ पुस्ताको समाचार चौतारी

SUNRISE KHABAR

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

देश र समाजका महत्त्वपूर्ण विषयमा तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र नागरिकका आवाज। सत्यको खोजीमा, सधैँ तपाईंसँग।

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

देश, समाज र तपाईंको समुदायका ताजा खबर तथा विशेष सामग्री पढ्नुहोस्।ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • संसद्
  • समाज
  • राजनीति
  • सुरक्षा
  • विश्व
  • अर्थतन्त्र
  • विचार

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

© २०२६ SUNRISE KHABAR। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।