1. Home
  2. समाज
  3. ‘कुमोन सिकाइ विधि’नेपालमा

‘कुमोन सिकाइ विधि’नेपालमा

काठमाडौँ । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्या

SUNRISE KHABARमंगलबार, १ साउन, २०८१ १०:३६
३० असोज २०८३
1 min read
Untitled-1

काठमाडौँ । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।

उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्काे युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब एक हजार पाँच सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो । जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको छ । उहाँले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताउनुभयो । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।

एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।

आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो ।

यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता)का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।

–रासस

प्रकाशित मिति: मंगलबार, १ साउन, २०८१ १०:३६

शेयर गर्नुहोस्:

SUNRISE KHABAR logo

समाचारदाता

SUNRISE KHABAR

Trending Now

सत्य, सन्तुलन र समाजको पक्षमा

SUNRISE KHABAR

सनराइज खबरका निष्पक्ष समाचार र पछिल्ला ताजा खबरहरू

मुख्य समाचारदमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासत्य, सन्दर्भ र जनसरोकार
01 / 03
  • गृह
  • राजनीति
  • पर्यटन
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • भिडियाे
  • विचार
  • विश्व
  • समाज
  • सरकार
  • संसद्
  • सुरक्षा
  • अपराध
  • अर्थ
आजका समाचारताजा समाचार
ताजा समाचार
दमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचारराष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयककांग्रेसको नयाँ अवरोधमा लुकेको ‘प्राविधिक पक्ष’
नयाँ पुस्ताको समाचार चौतारी

SUNRISE KHABAR

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

देश र समाजका महत्त्वपूर्ण विषयमा तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र नागरिकका आवाज। सत्यको खोजीमा, सधैँ तपाईंसँग।

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

देश, समाज र तपाईंको समुदायका ताजा खबर तथा विशेष सामग्री पढ्नुहोस्।ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • संसद्
  • समाज
  • राजनीति
  • सुरक्षा
  • विश्व
  • अर्थतन्त्र
  • विचार

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

© २०२६ SUNRISE KHABAR। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।