1. Home
  2. सुरक्षा
  3. ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय

ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय

काठमाडौँ । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने

SUNRISE KHABARबिहिबार, ६ असार, २०८१ ११:४८
३० असोज २०८३
1 min read
Prahari-pic

काठमाडौँ । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ ।

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताउनुभयो ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका उहाँले राससलाई बताउनुभयो ।

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।

–रासस

प्रकाशित मिति: बिहिबार, ६ असार, २०८१ ११:४८

शेयर गर्नुहोस्:

SUNRISE KHABAR logo

समाचारदाता

SUNRISE KHABAR

Trending Now

सत्य, सन्तुलन र समाजको पक्षमा

SUNRISE KHABAR

सनराइज खबरका निष्पक्ष समाचार र पछिल्ला ताजा खबरहरू

मुख्य समाचारदमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासत्य, सन्दर्भ र जनसरोकार
01 / 03
  • गृह
  • राजनीति
  • पर्यटन
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • भिडियाे
  • विचार
  • विश्व
  • समाज
  • सरकार
  • संसद्
  • सुरक्षा
  • अपराध
  • अर्थ
आजका समाचारताजा समाचार
ताजा समाचार
दमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचारराष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयककांग्रेसको नयाँ अवरोधमा लुकेको ‘प्राविधिक पक्ष’
नयाँ पुस्ताको समाचार चौतारी

SUNRISE KHABAR

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

देश र समाजका महत्त्वपूर्ण विषयमा तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र नागरिकका आवाज। सत्यको खोजीमा, सधैँ तपाईंसँग।

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

देश, समाज र तपाईंको समुदायका ताजा खबर तथा विशेष सामग्री पढ्नुहोस्।ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • संसद्
  • समाज
  • राजनीति
  • सुरक्षा
  • विश्व
  • अर्थतन्त्र
  • विचार

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

© २०२६ SUNRISE KHABAR। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।