काठमाडाैं । विश्वकाे सर्वाेच्च शिखर सगरमाथा आरोहणका क्रममा केन्याका नागरिककाे ज्यान गएकाे छ ।
विना अक्सिजन सगरमाथा आरोहण गर्ने क्रममा केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियटको किरुईकोको ज्यान गएकाे हाे । पर्यटन विभागका अनुसार बुधवार राति सगरमाथा चुचुरोनजिकै (८ हजार ८३० मिटर) उहाँ मृतावस्थामा भेटिनुभएकाे थियाे ।
उहाँका सहयोगी ४४ वर्षीय डवाङ शेर्पाको अवस्था समेत अज्ञात रहेकाले खोजी जारी रहेको विभागले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
