1. Home
  2. समाज
  3. सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान

सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन । सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो

SUNRISE KHABARआइतबार, १३ फागुन, २०८० ०४:२५
३० असोज २०८३
2 min read
gold smugling

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन ।

सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन । श्रोतका अनुसार सरकारले फेरि जाँचबुझ आयोगको कार्यावधि थप गर्ने तयारी भइरहेको छ ।

गत साउन २ गते विमानस्थलबाट बरामद भएको ६० किलोग्राम सुन र विद्युतीय चुरोट ९भेप० भित्र लुकाएर ल्याएको नौ केजी सुन तस्करी प्रकरणपछि गठित जाँचबुझ आयोगलाई अदालतसरह अधिकार र सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ ।

सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरोका पूर्वअतिरिक्त महानिरीक्षक सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजङ्ग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।

आयोगको यसअघि तोकिएको कार्यावधि मंगलबार सकिँदैछ । मंगलबारपछि सरकारले आयोगको थप १५ दिन म्याद थप गर्ने तयारी छ । आवश्यक प्रमाणहरु पुनः परीक्षण गर्नुपर्ने आवश्यकताका कारण अन्तिम प्रतिवेदन तयारीमा ढिलाइ भएको आयोगका संयोजक डिल्लीराज आचार्यले बताए ।

उनका अनुसार आयोगले म्याद थपका लाग िगृह मन्त्रालयमार्फत म्याद थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । चार वटा समूहले फरक फरक विषयमा प्रतिवेदन लेखेर सकिएको र प्रमाणहरुको पुनःपरीक्षण भइरहेको आयोगले जनाएको छ ।

आयोगले सो प्रकरणमा पूर्वसभामुख तथा सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायत २८ जनासँग कागजी बयान र साढे ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे सहित ३२ जना प्रतिवादीसँग पुनः बयान लिएको छ ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलोग्राम सुन बरामद गरेको थियो । सो सुन ‘ब्रेक शू’ भित्र लुकाएर ल्याइएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भमा यही सुन प्रकरणबारे विभाग र पछि सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान गरेको थियो । सो प्रकरणमा राजनीतिकरण भएपछिसुन समातिएको तीन महिनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, १३ फागुन, २०८० ०४:२५

शेयर गर्नुहोस्:

SUNRISE KHABAR logo

समाचारदाता

SUNRISE KHABAR

Trending Now

नयाँ पुस्ताको समाचार चौतारी

SUNRISE KHABAR

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

देश र समाजका महत्त्वपूर्ण विषयमा तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र नागरिकका आवाज। सत्यको खोजीमा, सधैँ तपाईंसँग।

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

देश, समाज र तपाईंको समुदायका ताजा खबर तथा विशेष सामग्री पढ्नुहोस्।ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • संसद्
  • समाज
  • राजनीति
  • सुरक्षा
  • विश्व
  • अर्थतन्त्र
  • विचार

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

© २०२६ SUNRISE KHABAR। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।

सत्य, सन्तुलन र समाजको पक्षमा

SUNRISE KHABAR

सनराइज खबरका निष्पक्ष समाचार र पछिल्ला ताजा खबरहरू

मुख्य समाचारसभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?सत्य, सन्दर्भ र जनसरोकार
01 / 03
  • गृह
  • राजनीति
  • पर्यटन
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • भिडियाे
  • विचार
  • विश्व
  • समाज
  • सरकार
  • संसद्
  • सुरक्षा
  • अपराध
  • अर्थ
आजका समाचारताजा समाचार
ताजा समाचार
सभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचारराष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयककांग्रेसको नयाँ अवरोधमा लुकेको ‘प्राविधिक पक्ष’कांग्रेसले ओली सरकारलाई नराम्रोसँग छक्यायो