काठमाडौं । नेप्सेले हालसम्मकै उच्च अंकमा पुगेर कीर्तिमान बनाएको छ । नेप्से ३०५८ अंक नाघेको हो ।
आज १४ अर्ब २३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसूचक ८६ अंकले बढेको छ भने बैंक ७२ अंकले बढेको छ । होटल उपसमूहको सूचक भने घटेको छ ।
सबैभन्दा धेरैको कारोबार भएको १० कम्पनीमध्ये पाँच बैंक सेक्टरका छन् ।
