काठमाडौं । सीआरएसको आर्थिक सहयोग तथा कारितास नेपालको समन्वयमा गण्डकी प्रदेश सरकारलाई १ करोड २० लाख रुपैँयाका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङको प्रमुख उपस्थितिमा ती सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामाग्रीमा अक्सिजन कन्सनट्रेटर लगायतका ३० भन्दाबढी प्रकारका स्वास्थ्य सामाग्री रहेका छन् ।
गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. बिनोद बिन्दु शर्मा लगायतको उपस्थितिमा ती सामाग्री प्रदान गरिएको हो । स्वास्थ्य सामाग्री कोभिड उपचारमा सहयोगी हुने बताइएको छ ।
