1. Home
  2. राजनीति
  3. माधव नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धाेका नदिने

माधव नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धाेका नदिने

काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धाेका नदिने बताउनु भएकाे छ । आफू सम्मिलित विपक्षी गठबन्धनले राजनीतिक बिटका पत्रकारसँग शनिबार गरेकाे छलफलमा नेपालले  भन्नुभयाे - 'माधव नेपालले धा

SUNRISE KHABARशनिबार, १२ असार, २०७८ ११:५४
३० असोज २०८३
1 min read

काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धाेका नदिने बताउनु भएकाे छ ।

आफू सम्मिलित विपक्षी गठबन्धनले राजनीतिक बिटका पत्रकारसँग शनिबार गरेकाे छलफलमा नेपालले  भन्नुभयाे - 'माधव नेपालले धाेका दिँदैन, धाेका दिने मान्छे हाेइन, सर्वाेच्चमा गरिएकाे हस्ताक्षर फिर्ता लिएर धाेका दिने काम हुँदैन ।'

केपी शर्मा ओलीसँग नमिल्ने र विपक्षी गठबन्धन नछाेड्ने घाेषणा पनि माधवले गर्नुभयाे । केपी ओलीबाट प्रधानमन्त्रीकाे अफर आएकाे दाबी पनि नेपालले गर्नुभयाे । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उहाँकाे दाबी छ । आफूलाई प्रधानमन्त्री बन्न लगाएर शेरबहादुर देउवालाई हेरेको हेर्‍यै बनाइदिउँ भन्ने कुरा ओलीबाट आएको नेपालले दाबी गर्नुभयाे । 'मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन, केपी ओलीले राइटिस्ट कोलिसन बनाउनुभएको छ, त्यसलाई करेक्सन गर्नुपर्छ, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला'- माधवकाे भनाइ छ ।

केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको पनि नेपालले बताउनुभयो । नेकपा एमालेबाट नेकपा हुँदै फेरि एमाले हुँदासम्म पनि केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको गम्भीर आराेप माधवले लगाउनुभयाे । केपी ओली जता पनि ठिक्क पार्न सक्ने खुवी भएकाे नेता भएकाे माधवले बताउनुभयाे । गलत प्रवृत्ति र गलत चिन्तन केपी ओलीमा रहेका उहाँकाे भनाइ छ । बालुवा पेलेर तेल ननिस्कने पनि उहाँले बताउनुभयाे ।

संविधानको धारा ७६ काे उपधारा ५ मा दलीय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको दाबी पनि माधवले गर्नुभयाे । यद्यपि सर्वाेच्चकाे फैसला पर्खने पनि उहाँले बतानउुभयाे ।

प्रकाशित मिति: शनिबार, १२ असार, २०७८ ११:५४

शेयर गर्नुहोस्:

SUNRISE KHABAR logo

समाचारदाता

SUNRISE KHABAR

Trending Now

नयाँ पुस्ताको समाचार चौतारी

SUNRISE KHABAR

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

देश र समाजका महत्त्वपूर्ण विषयमा तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र नागरिकका आवाज। सत्यको खोजीमा, सधैँ तपाईंसँग।

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

देश, समाज र तपाईंको समुदायका ताजा खबर तथा विशेष सामग्री पढ्नुहोस्।ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • संसद्
  • समाज
  • राजनीति
  • सुरक्षा
  • विश्व
  • अर्थतन्त्र
  • विचार

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

© २०२६ SUNRISE KHABAR। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।

सत्य, सन्तुलन र समाजको पक्षमा

SUNRISE KHABAR

सनराइज खबरका निष्पक्ष समाचार र पछिल्ला ताजा खबरहरू

मुख्य समाचारदमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासत्य, सन्दर्भ र जनसरोकार
01 / 03
  • गृह
  • राजनीति
  • पर्यटन
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • भिडियाे
  • विचार
  • विश्व
  • समाज
  • सरकार
  • संसद्
  • सुरक्षा
  • अपराध
  • अर्थ
आजका समाचारताजा समाचार
ताजा समाचार
दमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचारराष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयककांग्रेसको नयाँ अवरोधमा लुकेको ‘प्राविधिक पक्ष’