1. Home
  2. विश्व
  3. राष्ट्रपतिका लागि निर्वाचन शुरु

राष्ट्रपतिका लागि निर्वाचन शुरु

उलानबटोर । मंगोलिया कोभिड महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन

SUNRISE KHABARबुधबार, २६ जेठ, २०७८ ०९:१२
३० असोज २०८३
1 min read

उलानबटोर । मंगोलिया कोभिड महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।

कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार हुनु भएको छैन ।

मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।

राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा हुनुहुन्छ । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।

खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहनु भएको छ । चुनावी पर्यवेक्षकहरुका अनुसार उहाँको स्थिति निकै कमजोर छ । उहाँले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताउनु भएको छ ।

मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ ।

मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ ।

मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ ।

मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन ।

– रासस

प्रकाशित मिति: बुधबार, २६ जेठ, २०७८ ०९:१२

शेयर गर्नुहोस्:

SUNRISE KHABAR logo

समाचारदाता

SUNRISE KHABAR

Trending Now

सत्य, सन्तुलन र समाजको पक्षमा

SUNRISE KHABAR

सनराइज खबरका निष्पक्ष समाचार र पछिल्ला ताजा खबरहरू

मुख्य समाचारदमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासत्य, सन्दर्भ र जनसरोकार
01 / 03
  • गृह
  • राजनीति
  • पर्यटन
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • भिडियाे
  • विचार
  • विश्व
  • समाज
  • सरकार
  • संसद्
  • सुरक्षा
  • अपराध
  • अर्थ
आजका समाचारताजा समाचार
ताजा समाचार
दमक इन्डस्ट्रियल पार्कका पक्षमा सर्वोच्च अदालतको फैसलासभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचारराष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयककांग्रेसको नयाँ अवरोधमा लुकेको ‘प्राविधिक पक्ष’
नयाँ पुस्ताको समाचार चौतारी

SUNRISE KHABAR

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

देश र समाजका महत्त्वपूर्ण विषयमा तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र नागरिकका आवाज। सत्यको खोजीमा, सधैँ तपाईंसँग।

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

देश, समाज र तपाईंको समुदायका ताजा खबर तथा विशेष सामग्री पढ्नुहोस्।ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • संसद्
  • समाज
  • राजनीति
  • सुरक्षा
  • विश्व
  • अर्थतन्त्र
  • विचार

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

© २०२६ SUNRISE KHABAR। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।