काठमाडौं । कोभिड– १९ महामारी नियन्त्रण तथा उपचारका लागि सरकारले गरेको खर्च विवरणको श्वेत पत्र जारी गरिने भएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो जानकारी दिनुभएको हो ।
पिसीआर किट, एन्टीजेन किट लगायत विभिन्न सामग्री किन्न, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निशुल्क परीक्षण तथा उपचार, खोप खरीद तथा अभियान सञ्चालन लगायत काम गर्न मन्त्रालयले पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
अन्य खर्चहरुको श्वेतपत्र जारी गर्न मन्त्रालय तयार भएको र आफू पनि तयार रहेको जानकारी उहाँले दिनुभयो ।
-आईएनए न्युज एजेन्सी
