काठमाडाैं । सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढाउने भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको हाे । मंगलबार काठमाडाैंमा आयाेजित रिपोर्ट्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बाेल्दै आगामी साउन १ गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने जानकारी दिनुभएकाे हाे ।
सरकारले नागरिकका लागि काम गर्दा केही व्यक्तिले आपत्ति जनाइरहेका पनि उहाँले बताउनुभयाे । तर यसले केही फरक नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे - 'साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस् ।'
