'प्याज स्वास्थ्यका लागि हानीकारक छ भन्ने सूचना जारी गरियोस्’
काठमाडौं । अस्वभाविक रुपमा प्याजकाे मूल्य बढेकाे विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद् रामप्रीत पासवानले प्याज भाउ धेरै बढेकाेले यसलाई नियन्त्रण गर्न सरकासँग आग्रह गरे । उनले भने– ‘नेपालीले प्याज खाने अवस्था छैन । प्रतिकेजी दुई सय माथि पुगेको छ ।'
प्याजकाे भाउ नियन्त्रण गर्ने उपाय सुझाउँदै उनले भने – 'प्याज स्वास्थ्यका लागि हानीकारक छ भन्ने सूचना जारी गरियोस् ।’
'त्यसमा जनताले चित्त बुझाउँछन्' - उनले थपे ।
नेता र कर्मचारीकाे घरमा मात्र समृद्धि आएको आराेप उनले लगाए । उनले भने – ‘हिजोका सर्वहारा नेता महलमा छन्, जनताको घरमा गरिबी उस्तै छ । आलु किन्न सकेका छैनन् । समृद्धिको नाममा सरकारले के मा नाक फुलाउँदैछ ?’
समृद्धिका लागि विभेद र भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै उनले युवालाई देशमा रोजगारीको व्यवस्था नभएसम्म समृद्धि गफ मात्रै हुने बताए ।


प्रतिकृया दिनुहोस