• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको टिप्पणी गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले नयाँ संसद हलमाथि प्रश्न उठाउनुभएको हो । 


‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’

उहाँले भन्नुभयो , ‘त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ । त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस् ।’


उहाँले यस विषयमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिकृया दिनुहोस