• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

'प्याज स्वास्थ्यका लागि हानीकारक छ भन्‍ने सूचना जारी गरियोस्’ 

सनराइज खबर संवाददाता

काठमाडौं । अस्वभाविक रुपमा प्याजकाे मूल्य बढेकाे विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद् रामप्रीत पासवानले प्याज भाउ धेरै बढेकाेले यसलाई नियन्त्रण गर्न सरकासँग आग्रह गरे ।  उनले भने– ‘नेपालीले प्याज खाने अवस्था छैन । प्रतिकेजी दुई सय माथि पुगेको छ ।' 

प्याजकाे भाउ नियन्त्रण गर्ने उपाय सुझाउँदै उनले भने – 'प्याज स्वास्थ्यका लागि हानीकारक छ भन्‍ने सूचना जारी गरियोस् ।’ 

'त्यसमा जनताले चित्त बुझाउँछन्' - उनले थपे । 

नेता र कर्मचारीकाे घरमा मात्र समृद्धि आएको आराेप उनले लगाए । उनले भने – ‘हिजोका सर्वहारा नेता महलमा छन्, जनताको घरमा गरिबी उस्तै छ । आलु किन्‍न सकेका छैनन् । समृद्धिको नाममा सरकारले के मा नाक फुलाउँदैछ ?’

समृद्धिका लागि विभेद र भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै उनले युवालाई देशमा रोजगारीको व्यवस्था नभएसम्म समृद्धि गफ मात्रै हुने बताए ।


 

प्रतिकृया दिनुहोस