• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सावित्री हत्याकाण्डमा नयाँ मोड, छोरी नै हत्याको मतियार

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । सावित्री भट्टराई हत्याकाण्डमा अनौठो ट्वीस्ट आएको छ । प्रहरीले हत्याका मतियार भनेर छोरी इश्वरी भट्टराईलाई नै पक्राउ गरेको छ । 

आमा सावित्री भट्टराई, इश्वरी र उनको पतिको घर भक्तपुरको चाँगुनारायण - ७ बाँसबारीमा बस्थिन् । आमाले २७ वर्षिय इश्वरीको चार वर्षीय छोराको हेरविचार गर्थिन् । सावित्रीको आइतबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिकाको बाँसबारी स्थित आफ्नै घरमा हत्या भएको थियो । 

हत्याको अभियोगमा इश्वरीका अवैध प्रेमी मोहम्मदन नौसाद र उनका सहयोगी अर्जुुन कुमार भन्ने भोला र मोहम्मद रहिसले गरेको प्रहरीले दावी गरेको छ । 

प्रहरीले इश्वरी सहित चारैजनालाई पक्राउ गरेर केही बेर अघि पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

यस सम्बन्धी विस्तृत समाचार केही बेरमा प्रकाशित हुनेछ ।
 

सावित्री हत्याकाण्डका अन्य समाचार

भक्तपुरमा ६० वर्षीय सावित्रीको दिउँसै हत्या

६० वर्षीय सावित्रीको हत्या गरेर २२ लाख लुटपाट (भिडियो सहित) 

सावित्री हत्याका तीन अभियुक्त फेला परे

प्रतिकृया दिनुहोस