• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भक्तपुरमा ६० वर्षीय सावित्रीको दिउँसै हत्या

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । भक्तपुरको खरीपाटी स्थित बाँसबारीमा एक महिलाको आज दिउँसै हत्या भएको छ । 

हत्या गरिएकी महिलाको नाम सावित्री भट्टराई भएको प्रहरीले जनाएको छ । ६० वर्षीय भट्टराईलाई घाटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । प्रहरीका अनुसार उनी सोही ठाउँमा सोनाम थापाको घरमाा डेरा लिएर बस्थिन् । 

उनको घर सिन्धुपाल्चोकको बाँडेगाउँ भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलका अनुसार घरमा कोही नभएको बेला उनको हत्या गरेर हत्याराहरु फरार भएका छन् । आर वन फाइभ मोटरसाइकलमा दुईजना व्यक्ति उनको डेरामा आएको र त्यसपछि हत्या भएको स्थानीयवासीले बताएका छन् ।

घटनास्थल चाँगुनारायण नगरपालिका- ७ विधुत तालिम केन्द् नजिक रहेकाे बताइएकाे छ । साे ठाउँ पुगेर प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस