• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सावित्री हत्याका तीन अभियुक्त फेला परे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । भक्तपुरमा आइतबार सावित्री भट्टराईको हत्या गरी फरार भएका भनिएका तीनजनालाई पक्राउ गरिएको छ । प्रहरी स्रोत अनुसार उनीहरुलाई विभिन्न ठाउँबाट आइतबार राति पक्राउ गरिएको हो । 

चाँगुनारायण नगरपालिकाको बाँसबारीमा दिउँसो तीनजनाले ६० वर्षीय सावित्रीको हत्या गरेर २२ लाख रुपैयाँ लुटेका थिए । 

प्रहरीले शंकास्पद एकजनालाई आइतबार नै पक्राउ गरिसकेको थियो । आइतबार नै पक्राउ गरेको थियो । 

पक्राउ परेका अभियुक्तहरुलाई आज प्रहरीले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।
 

प्रतिकृया दिनुहोस