Nepali

समाज

केही प्रदेशमा वर्षा, तराईमा तातो लहरको सम्भावना

sunrisekhabar

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका हिमाली तथा पहाडी भूभागमा बदली रही केही स्थानमा वर्षा भइरहेको जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद्ले भारी वर्षा, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

Your Comment
Your Vote