काठमाडाैंकाे कलंकीमा ठूलो दुर्घटना, सडक बन्द, उद्दार जारी (अपडेट)
काठमाडौं । कलंकी चोकमा अहिले केही बेर अगाडि दुर्घटनामा एकजना स्कुटर चालकको ज्यान गएको छ ।
अनियन्त्रित बेगमा आएको नाख ख २८७१ नम्बरको ट्रकले एउटा स्कोर्पियो जिप, एउटा स्कुटर, एउटा पिकअप भ्यान र एउटा ट्याक्सीलाई किचेको छ । प्रहरीका अनुसार पाँचवटा सवारी साधनलाई हान्दै सो ट्रक अगाडि बढेको थियो ।
तीनजना घाइते मध्ये एकजनाको निधन भएको र दुई जना सिकिस्त रहेको प्रहरीले जनाएको छ । अहिले कलंकी क्षेत्रमा यातायात सम्पूर्ण रुपमा बन्द भएको छ ।
अनियन्त्रित रुपमा ट्रक चलाउने चालक घटनास्थलमा भेटिएका छैनन् । उनी फरार भएको प्रहरीले जनाएको छ । अहिले कलंकी चोकमा उद्दारको कार्य चलिरहेको छ ।
काठमाडौंको कलंकीमा ठूलो दुर्घटना, ट्रकले हान्याे चार सवारी साधन
काठमाडाैंकाे कलंकीमा ठूलो दुर्घटना, सडक बन्द, उद्दार जारी
काठमाडाैैमा एउटा ट्रकले हान्याे १० माेटरलाई, एककाे ज्यान गयाे


प्रतिकृया दिनुहोस