• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी

समाचार

दमक । रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धान गरी प्रशंसा र पुरस्कार प्राप्त गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विपिन विश्वकर्माको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी निरीक्षकहरूको देशव्यापी सरुवा अन्तर्गत इलाका प्रहरी कार्यालय दमकमा कार्यरत इन्स्पेक्टर विश्वकर्मालाई नयाँ जिम्मेवारीसहित सरुवा गरिएको हो।

इन्स्पेक्टर विश्वकर्माले हालै दमकमा चर्चित बनेको रमा तिवारी हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। घटनाको सूक्ष्म अनुसन्धान, तथ्य प्रमाण संकलन तथा अभियुक्तसम्म पुग्न उनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरीले उनलाई हालै पुरस्कृतसमेत गरेको थियो।

दमकमा कार्यरत रहँदा उनले विभिन्न आपराधिक घटनाको अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्व र कार्यशैलीले स्थानीय समुदाय तथा प्रहरी संगठनभित्र समेत सकारात्मक छाप छोडेको बताइन्छ।

उनको सरुवासँगै दमकवासीले एक सक्षम र कर्तव्यनिष्ठ प्रहरी अधिकृतलाई बिदाइ गरेका छन् भने नयाँ कार्यक्षेत्रमा पनि उनले उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस