• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काठमाडाैैमा एउटा ट्रकले हान्याे १० माेटरलाई, एककाे ज्यान गयाे

अस्मिता क्षेत्री

अस्मिता क्षेत्री


काठमाडौं । कलंकी चोकमा एक मालवाहक ट्रकले अनियन्त्रित गतिमा सवारी साधनहरुलाई प्रहार गर्दा अहिलेसम्म एकजनाको ज्यान गएको छ । निधन हुनेको नाम शमेशर गुरुङ भएको प्रहरीले जनाएको छ । उनलाई ट्रमा सेन्टरले मृत घोषणा गरेको छ । 

सो अस्वाभाविक दुर्घटना गराउने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कलंकी चोकमा सो अनियन्त्रित ट्रकले दसवटा सवारी साधनलाई ठक्कर दिएको प्रहरीले सनराइज खबरलाई जानकारी दिएको छ । 

प्राप्त जानकारी अनुसार १२ जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनापछि बन्द भएको कलंकी क्षेत्रको यातायात अहिले सुचारु भएको छ । 

प्रहरीले यो अस्वाभाविक दुर्घटनाको कारण खोजी गर्न अनुसन्धान थालेको छ । 

प्रतिकृया दिनुहोस