काठमाडौंको कलंकीमा ठूलो दुर्घटना, ट्रकले हान्याे चार सवारी साधन
काठमाडौं । कलंकी चोकमा अहिले राति ७ बजे दर्दनाक दुर्घटना भएको छ । अनियन्त्रित बेगमा आएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा डेलिभरी भ्यान, एउटा स्कुटर र एउटा ट्याक्सीलाई किचेको छ ।
अहिले कलंकी चोकमा सम्पूर्ण यातायात ठप्प भएको छ । ट्रकले हानेर डेलिभरी भ्यानमा एकजना मानिस च्यापिएर ढलेको देखिन्छ । ती घाइतेकाे उद्दारका लागि प्रहरी टाेली लागिरहेकाे छ ।
डेलिभरी भ्यान नम्बर नचिनिने गरी ध्वस्त भएको छ ।
महानगरी प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले घटनास्थलमा प्रहरी पुगेको तथा एकजना गम्भीर घाइतेलाई अस्पताल लगिएको जानकारी दिएका छन् ।
यसकाे थप अपडेट
काठमाडाैंकाे कलंकीमा ठूलो दुर्घटना, सडक बन्द, उद्दार जारी
काठमाडाैैमा एउटा ट्रकले हान्याे १० माेटरलाई, एककाे ज्यान गयाे


प्रतिकृया दिनुहोस