• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

खुल्यो रहस्यको एउटा पर्दा, सिसिटिभीमा मुना हत्याको दर्दनाक द‍ृष्य

राजेश भण्डारी

काठमाडौं । मुना अधिकारी कार्कीको हत्या र विजय चौधरीको आत्महत्या भित्रको रहस्यको एउटा पर्दा खुलेको छ । 

पूर्व सचिव अर्जुन कार्कीको ललितपुर सानेपा स्थित निवासमा भएको हत्या र आत्महत्या प्रकरणको पर्दा खोलेको हो उनकै घरमा रहेका केही सिसीटिभीका भिडियो दृष्यले । 

कार्कीले घरको सुरक्षाका लागि केही सिसीटिभी राखेका थिए । तर, त्यसले सुरक्षा भने दिन सकेन । सिसिटिभीमा देखिए अनुसार १० बजेर २० मिनेटमा घरका सहयोगी विजय चौधरी भान्सामा पसेको देखिन्छ । 

हत्याकाण्ड लगत्तै प्रहरीले कार्की निवासको सिसिटिभी फुटेज नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतले सनराइज खबरलाई भन्यो– ‘भान्सामा पसेपछि विजयले मुनालाई घाटीमा डोरीले बाँध्न खोज्छन् । मुनाले प्रतिवाद गर्छिन् ।’

मुनाले प्रतिवाद गरेपछि लडाएर विजयले भुईंमा मुनाको टाउको ठोक्काउँछन् । उनले प्लाष्टिकको पिर्काले मुनाको टाउकोमा बारम्बार हान्छन् । बाग्मती प्लाष्टिक लेखिएको त्यो पिर्का मुनाको टाउकोमा गरिएको प्रहारले भाचिन्छ । 

२० मिनेटभन्दा धेरै समय उनले भान्सामा राक्षसी तरिकाले बिताउँछन् । रगतको आहालमा डुब्छिन् मुना । उनी चिच्याउँछिन्, कराउँछिन् तर धेरै बेर प्रतिरोध गर्न सक्दिनन् । 

लगभग निष्प्राण भएर लमतन्न पर्छिन् मुना । काठमाडौं र ललितपुरका प्रहरीले यो दर्दनाक भिडियो दृष्य आज हेर्नपरेको छ । 

एक प्रहरी अधिकारीले सनराइज खबरलाई भने– ‘सिसिटिभी फुटेज हेर्दा म्याडम (मुना कार्की) त्यहिँ निष्प्राण भए झैं देखिनुहुन्छ ।’

त्यसपछि सिसिटिभीमा विजय भान्छाबाट बाहिरिएको देखिन्छ । भर्‍याङ नजिकै डाइनिङ रुममा उनी पासो लाग्छन् । 

यसरी मुना र विजय दुवैको इहलीला समाप्त हुन्छ । 

हेर्नुस‍् भिडियाे:

सम्बन्धित समाचार

कार्की परिवारमा बज्रपात, रहिनन् मुना

अर्जुन कार्कीकाे घरबाट लगियाे विजय चाैधरीकाे शव 

पूर्व सचिव अर्जुनकी पत्नी मुना मृत घाेषित

पूर्व सचिव अर्जुन कार्कीको निवासमा कामदार मृत, पत्नी घाइते

प्रतिकृया दिनुहोस