कार्की परिवारमा बज्रपात, रहिनन् मुना
काठमाडौं । सबैकी सहयोगी र मिलनसार मुना अधिकारी कार्की अब रहिनन् । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको आज बिहान हत्या भयो ।
चालीस कटेसी रमाउन थालेको अर्जुन मुना दम्पत्तिमा अब अर्जुन मात्र रहे, मुना रहिनन् ।
बिहान साढे आठमा अर्जुन पशुपति गएका थिए । उनले पशुपति दर्शन गरिरहेको बेला उनको निवासमा अकल्पनीय मृत्युकाण्ड भइरहेको थियो ।
छोरातुल्य थिए विजय चौधरी । ११ वर्षदेखि उनको परिवारमा सामेल थिए विजय । विजय घरमै पासो लागेर झुण्डिएको अवस्थामा भेटिए । उता, मुना चाहिँ रक्ताम्य भएर भान्सामा लडेकी थिइन्, छेउमा प्लास्टिककाे पिर्का फुटेको अवस्थामा थियो ।
कार्की परिवारमा भएको यो अकल्पनीय वज्रपातको वास्तविकता आगामी दिनमा खुल्ने नै छ तर मुना भने रहिनन् ।
‘छरछिमेकमा सबैसँग मिल्नुहुन्थ्यो, असाध्यै सामाजिक हुनुहुन्थ्यो’– अर्जुन परिवारकी एक छिमेकीले भनिन् । उनका अनुसार छोरा नयाँ बानेश्वरको स्कुलमा पढ्थे । एउटी छोरी वेलायत र अर्की छोरी अष्ट्रेलिया पढ्दैछिन् । सुन्दर परिवार, राम्रो घरबार थियो तर आज बिहान उजाडियो ।
एक छिमेकीले भनिन्– ‘छोरीहरुको असाध्यै केयर गर्नुहुन्थ्यो, हामीलाई विदेशमा रहेका छोरीहरुको हालखबर सुनाइरहनुहुन्थ्यो ।’
आज बिहान मुना अस्वाभाविक तरिकाले कराएको छिमेकीले सुनेका थिए । त्यति नै बेला उद्दार गर्न पाएको भए मुनाको बाँच्थिन् की ? तर, छिमेकीले सामान्य रुपमा लिए ।
‘उहाँहरु पतिपत्नीबीच राम्रो मेलमिलाप देखिन्थ्यो’– अर्की एक छिमेकीले भनिन् ।
सम्बन्धित समाचार :-
मुना हत्या रहस्यमय : मुनाको हात डोरीले बाँधिएको थियो
अर्जुन कार्कीकाे घरबाट लगियाे विजय चाैधरीकाे शव


प्रतिकृया दिनुहोस