कपिलबस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदै दुई जनाको ज्यान गयो
काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
मंगलबार दिउँसो बुद्धभूमि नगरपालिका–२ पुरेनामा भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ का मनिष थारुको ज्यान गएको भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गले जनाएको छ ।
गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइते थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल लगिएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका थिए ।


प्रतिकृया दिनुहोस