• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कपिलबस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदै दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । 

मंगलबार दिउँसो बुद्धभूमि नगरपालिका–२ पुरेनामा भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ का मनिष थारुको ज्यान गएको भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गले जनाएको छ ।  

गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनाका घाइते थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल लगिएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका थिए । 

 

प्रतिकृया दिनुहोस