• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडौं उपत्यकामा बाढी पहिरोबाट ज्यान गुमाउनेकाे संख्या ३४ पुग्याे,१३१५ जनाको उद्धार

खबर स‌ंवाददाता

काठमाडौं । लगातारकाे वर्षापछि आएकाे बाढी पहिराेमा परेर काठमाडाैं उपत्यकामा ३४ जनाकाे ज्यान गएकाे छ ।

बाढी पहिराेमा परी काठमाडौं काठमाडाैंमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाकाे ज्यान गएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।

 काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् । १७ जना घाइते भएका छन् । बाढी पहिराे तथा डुबानमा परेका १ हजार ३ सय १५ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोबाट काठमाडौंमा ४ घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । 

काठमाडौंमा १ हजार ३ सय २४, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा २ हजार २ सय ४१ घर डुबानमा परेका छन् ।

बाढी पहिराे र डुबानमा परेकाहरुकाे उद्धार र राहतका लागि काठमाडाैंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएका छन् ।

बिहीबार रातिदेखिको अविरल वर्षाका कारण देशभरकाे जनजीवन प्रभावित भएकाे छ । 

काठमाडाैं उपत्यकामा अपरान्हपछि पानी राेकिएकाे छ ।

प्रतिकृया दिनुहोस