काठमाडौं उपत्यकामा बाढी पहिरोबाट ज्यान गुमाउनेकाे संख्या ३४ पुग्याे,१३१५ जनाको उद्धार
काठमाडौं । लगातारकाे वर्षापछि आएकाे बाढी पहिराेमा परेर काठमाडाैं उपत्यकामा ३४ जनाकाे ज्यान गएकाे छ ।
बाढी पहिराेमा परी काठमाडौं काठमाडाैंमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाकाे ज्यान गएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् । १७ जना घाइते भएका छन् । बाढी पहिराे तथा डुबानमा परेका १ हजार ३ सय १५ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोबाट काठमाडौंमा ४ घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौंमा १ हजार ३ सय २४, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा २ हजार २ सय ४१ घर डुबानमा परेका छन् ।
बाढी पहिराे र डुबानमा परेकाहरुकाे उद्धार र राहतका लागि काठमाडाैंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएका छन् ।
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण देशभरकाे जनजीवन प्रभावित भएकाे छ ।
काठमाडाैं उपत्यकामा अपरान्हपछि पानी राेकिएकाे छ ।


प्रतिकृया दिनुहोस