• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रुकुम पश्चिमको आठबीसकोटमा बाढीले घर बगाउँदा तीनजनाको ज्यान गयो, एक बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरमा बाढीले घर बगाउँदा तीन जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । 

 तातोपानी झिञ्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका ज्यान गएको प्रहरीले जनाएको छ ।  बाढीले बगाउँदा आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको ज्यान गएको छ । 

 सो घटनामा परि ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । 

बाढीले ६ घर बगाएको छ । बेपत्ताको खोजी जारी छ ।  बाढीले बगाउँदा अन्य ५ जना घाइते भएका छन् । खोजी र उद्धारमा नेपाल प्रहरी,  सशस्त्र प्रहरी र नेपाली सेनाको साथमा स्थानीय समेत खटिरहेका छन् । 

 

प्रतिकृया दिनुहोस