रुकुम पश्चिमको आठबीसकोटमा बाढीले घर बगाउँदा तीनजनाको ज्यान गयो, एक बेपत्ता
काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरमा बाढीले घर बगाउँदा तीन जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
तातोपानी झिञ्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका ज्यान गएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको ज्यान गएको छ ।
सो घटनामा परि ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।
बाढीले ६ घर बगाएको छ । बेपत्ताको खोजी जारी छ । बाढीले बगाउँदा अन्य ५ जना घाइते भएका छन् । खोजी र उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको साथमा स्थानीय समेत खटिरहेका छन् ।


प्रतिकृया दिनुहोस