• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय सेवा दलको ४९ औ जुनियर डिभिजन तालिम सुरु 

सनराइज खबर संवाददाता

काठमाडौं ।  राष्ट्रिय सेवा दल सिस ४९ जुनियर डिभिजन तालीम सोमबार मन्थलीमा उद्घाटन भएको छ । 

तामाकोसी आवासीय माध्यमिक विद्यालयका मन्थलीका विद्यार्थीलाई प्रदान गर्न लागिएको सो तालिमको उद्घाटन नेपाली सेनाको नयाँ गोरख गण रामेछापका गणपति दीपक टण्डन क्षेत्रीले उद्घाटन गर्नुभयो । तालिममा सो विद्यालयका ३६ जना विद्यार्थीले भाग लिएका छन् । 

तालिमले विद्यार्थीलाई अनुशासित बन्न र समय व्यवस्थापनमा निक्कै सहयोग गर्ने बताउनुभयो । तालिमले राष्ट्रभक्त युवा तयार गर्नलाई पनि ठुलो मद्दत गर्ने उहाँले प्रष्ट पार्नुभयो । 

तालिम एक सय दिनसम्म चल्ने छ । तालिममा आठदेखि १० कक्षासम्मका विद्यार्थीले भाग लिएका विद्यालयका प्रिन्सिपल दीपक खड्काले जानकारी दिनुभयो । विद्यार्थीलाई नेपाली सेनाले तालिम प्रदान गर्ने विद्यालयका प्रिन्सिपल दीपक खड्काले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस