राष्ट्रिय सेवा दलको ४९ औ जुनियर डिभिजन तालिम सुरु
काठमाडौं । राष्ट्रिय सेवा दल सिस ४९ जुनियर डिभिजन तालीम सोमबार मन्थलीमा उद्घाटन भएको छ ।
तामाकोसी आवासीय माध्यमिक विद्यालयका मन्थलीका विद्यार्थीलाई प्रदान गर्न लागिएको सो तालिमको उद्घाटन नेपाली सेनाको नयाँ गोरख गण रामेछापका गणपति दीपक टण्डन क्षेत्रीले उद्घाटन गर्नुभयो । तालिममा सो विद्यालयका ३६ जना विद्यार्थीले भाग लिएका छन् ।
तालिमले विद्यार्थीलाई अनुशासित बन्न र समय व्यवस्थापनमा निक्कै सहयोग गर्ने बताउनुभयो । तालिमले राष्ट्रभक्त युवा तयार गर्नलाई पनि ठुलो मद्दत गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
तालिम एक सय दिनसम्म चल्ने छ । तालिममा आठदेखि १० कक्षासम्मका विद्यार्थीले भाग लिएका विद्यालयका प्रिन्सिपल दीपक खड्काले जानकारी दिनुभयो । विद्यार्थीलाई नेपाली सेनाले तालिम प्रदान गर्ने विद्यालयका प्रिन्सिपल दीपक खड्काले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस