प्रधानसेनापतिसँग राजदूतको भेट
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गर्नुभएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
–रासस


प्रतिकृया दिनुहोस