ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो
काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ स्थित बोडेमा पानी ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको ज्यान गएको छ ।
बा.५ख ४३११ नम्बरको पानीको ट्यांकरले बा.९२प ७०७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी पछाडी सवार लक्ष्मी कार्कीको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जेठ २९ मा ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएकी ४५ बर्षिया लक्ष्मीको उपचारको क्रममा अन्नपुर्ण न्युरो अस्पतालमा सोमबार राती निधन भएको हो ।
उनी काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएकी थिईन् ।
रामेछापको मन्थली घर भएका ४१ बर्षिय ट्यांकर चालक राजकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस