• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो

सनराइज खबर संवाददाता

काठमाडौं ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ स्थित बोडेमा पानी ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको  ज्यान गएको छ । 

बा.५ख ४३११ नम्बरको पानीको ट्यांकरले बा.९२प ७०७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी पछाडी सवार लक्ष्मी कार्कीको ज्यान  गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

जेठ २९ मा ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएकी ४५ बर्षिया लक्ष्मीको उपचारको क्रममा अन्नपुर्ण न्युरो अस्पतालमा सोमबार राती निधन भएको हो । 
उनी काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएकी थिईन् । 

रामेछापको मन्थली घर भएका ४१ बर्षिय ट्यांकर चालक राजकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिकृया दिनुहोस