• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्बपति सुलभले ह्वाट्स एपबाट गरेका थिए थर्मलगनको ‘डिल’

राजेश भण्डारी

काठमाडौं । काठमाडौंका एक ब्यापारीले आफिसका लागि एउटा थर्मल गन खरिद गरे । त्यसको मुल्य थियो–‘बिस हजार' । उनको सम्पर्कमा रहेका अर्को एकजनाले सो कुरा थाहा पाएर सोधे–‘कहाँबाट किनेको, विक्रेतासँग सामान कति छ ?’

पहिलो ब्यापारीबाट पाएको सूचना दोस्रो ब्यक्तिले प्रहरीलाई दिए । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका सुरक्षा अधिकारीलाई यो सूचना एकैपटक चुहाइएको थियो ।

अपराध महाशाखाका प्रहरीले सूचना फलो गरे । प्रहरीलाई एउटा नम्बर दिइएको थियो । सो नम्बर थियो अर्बपति ब्यापारी सुलभ अग्रवालको । तर, प्रहरीलाई त्यो नम्बर सुलभको भन्ने थाहा थिएन् । 

महाशाखाका एक प्रहरी अधिकृतले उनलाई फोन गरे,–‘मलाई थर्मल गन चाहिएको थियो ।’ सुलभले अपरिचितसँग कुरा गर्न चाहेनन् । अनि, पूर्व परिचित भएको ‘आर्टिफिसियल’ प्रमाण पेश गरेपछि सुलभले ति अधिकृतलाई फोनमा हैन ह्वाट्स एपमा कुरा गर्ने प्रस्ताव गरे । 

त्यसपछि शुरु भएको थियो, अर्बपति ब्यापारी र प्रहरीको बिचमा थर्मल गन खरिद गर्ने डिलिङ । 

‘ह्वाट्स एपमा लामो कुराकानी पछि १५ हजार रूपैयाँमा थर्मल गर्न किन्ने डिल मिलेको थियो’ सुुलभको कालोबजारी धन्दाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले सनराइज खबरसँग भने–‘प्रतिगोटा १५ हजार नगद रुपैँया तिरेर १ सय ५० वटा थर्मल गन किन्नेगरी डिल मिलेपछि हामी अप्रेशनमा गएका थियौं ।’ 

सुरुमा १ सय ५० वटा थर्मल गन किन्ने पैसा जुटाउन प्रहरीलाई हम्मे प¥यो । प्रहरी पैसा जुटाउँदै थियो । उता सुलभ छिटो पैसा जुटाउन प्रेशर गर्थे । चेकमा भुक्तानी लिन मान्दैनथे, क्यासमा चाहिन्छ भन्थे । 

बैंक नखुलेको हुनाले पैसा जुटाउन समस्या भएको कुरा ग्राहक बनेका प्रहरी अधिकृतले सुलभलाई बताए । त्यसपछि सुलभ भन्छन्–‘इन्भेष्टमेन्ट बैंक खोल्न लगाइदिन्छु, त्यहाँबाट निकाल्नुस, मलाई चाहिँ चेक दिएर हुँदैन क्यासमा चाहिन्छ ।’ 

चैत २५ को बिहान सुलभले ह्वाट्स एप गरेर अपराध महाशाखाका एक अधिकृत लाई सोधे–‘खोई पैसा भएन ?’ ति अधिकृतले जवाफ दिए–‘१० लाख मात्रै जम्मा भएको  छ ।’ 

सुलभले त्यहि भएपनि लिएर दिउँसो नक्सालमा आउन भने । त्यसपछि महाशाखाको टोली अप्रेशनमा निस्कियो । 

सुलभ ६७ पिस थर्मल गर्न बोकेर आएका थिए । त्यो पनि कुटनीतिक ब्यक्तित्वले मात्र प्रयोग गर्न पाउने निलो गाडीमा । प्रहरी चकित भयो, सुलभले आफू डिप्लोम्याट भएकाले त्यतिकै पक्राउ गर्न नमिल्ने अडान राख्न थाले ।

त्यसपछि, महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले परराष्ट्र सचिव शंकर दास बैरागीलाई फोन गरेर सोधे–‘सुलभ अग्रवालको हैसियत के हो, सामान्य नागरिक सरह कारवाही गर्न मिल्छ कि मिल्दैन ।’ 

बैरागीले ‘सामान्य नागरिक सरह कारावही गर्न मिल्ने’ संकेत गरेपछि प्रहरीले सुलभलाई नियन्त्रणमा लियो । 

६ दिनदेखी अर्वपति सुलभ महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा छन् ।

यो पनि पढौं–

अर्बपति सुलभ अग्रवालले लुकाएको थर्मल गन खोज्दै प्रहरी  

 

प्रतिकृया दिनुहोस